शिक्षा

अभिभावकले हेरे विद्यार्थीका कक्षाकोठा

भक्तपुरको एक स्कुलले अभिभावकहरूलाई बोलाएर विद्यार्थी पढ्ने कक्षाकोठा देखाएको छ।

जिल्लाको एभरेष्ट स्कुलले डे २०७९ नामक कार्यक्रम मार्फत आफ्ना विद्यालयका विद्यार्थीका अभिभावहरूलाई बोलाएर उनीहरूका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन्।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले ससाना नानीबाबुहरुले खेलेर सिक्ने भएकोले कक्षाकोठामा उनीहरूका लागि उपयुक्त खेलकुद सामाग्रीहरू राखेको जनाए। यही खेलकुदका सामाग्रीहरू कक्षाकोठाहरूमा देखाउन अभिभावकहरूलाई बोलाएको उनले बताए।

प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई खेलमार्फत सिकाउने गरेको उनले सुनाए। यसका लागि कक्षाकोठामै खेलमार्फत हाजिर राख्ने तरिकादेखि अन्य अनेक तरिकाबाट सिकाउने विधि राखिएको देखिएको छ। त्यहाँ टिभीदेखि अनेक बहुमूल्य सामानहरू पनि राखिएका छन्।

यसअघि पहिलो चरणमा औपचारिक रूपमा स्कुलका छात्रछात्राहरूले सांस्कृतिक प्रदर्शनी गरेका थिए। यस अन्तर्गत प्ले ग्रुपदेखि कक्षा ३ सम्मका ससाना नानीबाबुहरुले आ-आफ्नो कला प्रदर्शन गरेका थिए। गीत गाएर, नाचेर, नाटकमार्फत उनीहरुले आआफना प्रदर्शनी देखाएका थिए। प्रदर्शनी हेर्ने स्कुलका सयौँ अभिभावक, शिक्षक, विद्यार्थीले भरिभराउ भएको थियो। भर्खर हिड्डुल गर्न सिकेका ससाना नानीबाबुहरूको नृत्य देखेर धेरै दर्शक रमाएका थिए।

बाँंसुरी बजाएर सुरु भएको कार्यक्रममा स्वागत गीत राष्ट्रिय गीत हुँदै बेलाबेलामा मन्तव्यको पनि कार्यक्रम राखिएको थियो। कार्यक्रम अन्तर्गत स्वागत गीत, स्वागत नृत्य पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७९ १३:५९ बुधबार