शिक्षा

शिक्षक तथा विद्यालय सहयोगीलाई दीर्घसेवी सम्मान

भक्तपुरका तीन शिक्षक र एकजना विद्यालय सहयोगी दीर्घसेवी सम्मानबाट सम्मानित भएका छन्। बागीश्वरी माविका प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रमिला प्रधान र ज्ञानीछोरी श्रेष्ठ दीर्घसेवी शिक्षक सम्मानबाट सम्मानित भएका हुन्। साथै विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई पनि सम्मान प्रदान गरिएको छ।

भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयको ६४औं, वागीश्वरी कलेजको १५औं र वागीश्वरी कलेज अफ मेनेजमेन्टको स्थापना वर्षको बिहीबार भएको वार्षिकोत्सव समारोहमा उनीहरू सम्मानित भएका हुन्।

प्रकाशित: १२ फाल्गुन २०७९ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App