शिक्षा

ऐतिहासिक विद्यालयलाई प्रविधिमैत्री बनाइने

देशको चौथो विद्यालयका रूपमा रहेको रौतहट सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा आधुनिक पठनपाठनको व्यवस्था गरिने भएको छ। ऐतिहासिक विद्यालयमा डिजिटल प्रविधिबाट कक्षा सञ्चालनको व्यवस्था गरिने नगर प्रमुख साहले बताएका हुन्।  

विद्यालयको ८३औं वार्षिकोत्सवका अवसरमा नगर प्रमुख साहले विद्यालयमा प्रयोगात्मक कक्षालाई व्यवस्थित बनाइने तथा अतिरिक्त पाठ्यक्रम पनि लागु गरिने बताएका छन्। उनले भने, ‘जिल्लाको मुख्य शैक्षिक केन्द्रका रूपमा रहेको जुद्ध माध्यमिक विद्यालयको गरिमा बढाउन निर्माणाधीन छात्रावासलाई पुनः सुचारु गरिने छ।’ पूर्व विद्यार्थीसमेत रहेका साहले नगर प्रमुख बनेदेखि गौरको सामुदायिक शिक्षा सुधार अभियान सुरु गरेका थिए।

प्रकाशित: १९ माघ २०७९ ०१:०६ बिहीबार