शिक्षा

खोटाङको जनजागृति मावि प्रदेश १ कै उत्कृष्ट विद्यालय

खोटाङको जनजागृति माध्यमिक विद्यालय उत्कृष्ट माध्यमिक विद्यालयको रूपमा पुरस्कृत भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलको सोल्मास्थित डाँडागाउँमा रहेको उक्त विद्यालयलाई प्रदेशभित्रका सामुदायिक विद्यालयमध्ये ‘उत्कृष्ट व्यवस्थापन विद्यालय’ को पुरस्कार पाएको हो।

१ नं प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रममा जिल्लाबाट मूल्यांकनमा सहभागी भएका विद्यालयमध्ये उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा विद्यालयलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ।

शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानको रूपमा जीवनोपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विद्यार्थीहरू पूर्ण आवासीय रूपमा बसेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन/अनुसन्धान गरिरहेका छन्।

व्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षाअन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा रहेको विद्यालयमा गाई, भैंसी, बंगुर,बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन-खान, भाडाकुँडा माझ्न, गाडी, कम्प्युटर बनाउन/चलाउन, कपडा सिलाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्ने लगायतका शिक्षा दिइँदै आएको छ।

पुस्तकको ज्ञानले मात्रै पुग्दैन व्यवहारिक शिक्षा नै आजको आवश्यकता हो भन्दै  शुभद्रा मदन फाउन्डेसनसँगको शुभद्रा मदन फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित संचालित जनजागृति सामुदायिक आवासीय माध्यमिक विद्यालयलाई १ न. प्रदेश सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ।

शुभद्रा मदन फाउन्डेसनसँगको सहकार्यमा सञ्चालित उक्त  माविले मुख्यमन्त्री र मन्त्रीबाट सम्मानपत्र, ट्रफीका साथ चौध लाख पचास हजार रुपैयाँ पाएको छ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ बाट १४  जिल्लाका उत्कृष्ट मावि र आधारभूत विद्यालयमध्येबाट सम्मान सो विद्यालयले सम्मान पाएको हो।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र सामाजिक विकास मन्त्री राजन राईले विद्यालयका प्रबन्ध निर्देशक सुर्य राई र प्रधानाध्यापक सविता ढकाललाई पुरस्कार प्रदान गरेका थिए।

शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानको रूपमा जीवनोपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयमा कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र हुबहु व्यवहारमा उतार्दै आएको छ।

उक्त विद्यालयमा हिमाल, पहाड र तराई गरी विभिन्न ४४ जिल्लाका १५० बढी विद्यार्थीले पूर्ण आवासीय रूपमा बसी सैद्धान्तिक र प्रयोगात्मक अध्ययनअनुसन्धान गरिरहेका छन्।

प्रकाशित: २२ पुस २०७९ ०५:५२ शुक्रबार