अर्थ

चुनावमा अपडेटेड रहन एनसेलका उत्कृष्ट प्याक

एनसेलले ग्राहकहरूका लागि विभिन्न डेटा र भ्वाइस प्याकको सुविधा ल्याएको छ। एनसेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका बेलामा अपडेटेड रहन ग्राहकलाई विभिन्न डेटा र भ्वाइस प्याक सुविधा ल्याएको हो। 

ग्राहकले आवश्यकता अनुसार दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्ने कम्पनीले जनाएको छ। जसमा ग्राहकले करसहित ४८ रूपैयाँमा २४ घन्टा अर्थात् १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्छन्। यस्तैे डबल मजा प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोगलगायत विभिन्न सुविधाहरू लिन सक्छन्।  

एनसेल आजियाटाले आफूले प्रदान गरेका प्याकहरूले ग्राहकलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ०१:४७ शुक्रबार

एनसेल