अर्थ

हताची माइक्रोवेभ ओभन बजारमा

युनिभर्सल इलेक्ट्रोकम प्रालिले हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले चार प्रकारका माइक्रोवेभ ओभनहरू बजारमा ल्याएको हो।

कम्पनीले २३ र २० लिटर डिजिटल ग्रिलमाइक्रोवेभ ओभन, २० लिटरको मेकानिकल माइक्रोवेभ र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लिटरको कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुने जनाएको छ।

हिताची कम्पनीको ओभनले उपभोक्तालाई स्वस्थ जीवनको फाइदा र सहजै फ्याट, नुन र क्यालोरी घटाउने सुविधा प्रदान गर्दछ। साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गरेको कम्पनीले जनाएको छ।

परिवर्तित जीवनशैलीसँगै, माइक्रोवेभमा परम्परागत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको उल्लेख गर्दै हिताचीका ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मलत गर्ने कार्यकारी निर्देशक सञ्जय अग्रवालले बताएका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:२९ बुधबार

युनिभर्सल इलेक्ट्रोकम प्रालि हताची माइक्रोवेभ ओभन बजारमा