अर्थ

आउटरिच एजेन्सी अन्तिम चरणमा

नेपालको आउटरिच एजेन्सी साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दि इयर २०२२ को अन्तिम सूचीमा प्रवेश गर्न सफल भएको छ।

आउटरिच बाहेकयस समूहको अन्तिम चरणमा भारतका ३ वटा र पाकिस्तानको १ एजेन्सी पनि रहेका छन्। अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ र एडभर्टाइजिङ प्रोफेसनलहरूको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ माभारतको आइटिसी मराठा, मुम्बाईमा गरिने भएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:१७ बुधबार

आउटरिच एजेन्सी अन्तिम चरणमा मार्केटिङ र एडभर्टाइजिङ प्रोफेसनल