अर्थ

इभी नेपाल एक्स्पो हुँदै

एक्स्पो मिडियाको आयोजनामा इभी नेपाल एक्स्पो हुने भएको छ। एस डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको एस्पोको सह-आयोजक भने इन्डियन एक्जिबिसन सर्भिसेस रहेको छ।

प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभी ड्राइभ द फिउचरले सहकार्य गरेका आयोजकले जनाएको छ। प्रदर्शनीमा १५० भन्दा बढी कम्पनीहरू तथा ५०० भन्दा बढी विभिन्न देशका ब्रान्ड सहभागी हुने आयोजकले जनाएका छन्। यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि साझा चौतारी हुने आयोजकको दाबी छ।

प्रदर्शनीमा १५० भन्दा बढी कम्पनीहरू तथा ५०० भन्दा बढी विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ। यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जनाएको छ। 

प्रकाशित: ३० कार्तिक २०७९ ०१:५८ बुधबार

इभी नेपाल एक्स्पो हुँदै इन्डियन एक्जिबिसन सर्भिसेस