अर्थ

फोर्ड रेन्जर र्‍याप्टर नेपाल भित्रियो

विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्‍याप्टरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍याप्टर बजारमा आएको छ। फोर्ड पर्फमेन्सको अवधारणा अनुरूप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा स्मार्ट प्रविधिका साथै नयाँ पुस्ताका हार्डवेयरहरू समेत राखिएको कम्पनीले जनाएको छ।

अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भिसिक्स पेट्रोल इन्जिन जडान गरिएको छ। साथै यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्ने र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। यस्तै फोर्ड पर्फमेन्स मापदण्ड अनुरूप गरिएको १०– स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर र्‍याप्टरको नयाँ इन्जिनले सहजै ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मदत गर्ने कम्पनीको दाबी छ ।  

नेक्स्ट–जेनरेन्जर र्‍यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध हुने र उच्च रिजोल्युसन १२.४ इन्च डिजिटल क्लस्टर र १२ इन्चको टचस्क्रिन फोर्डसहित अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफ–रोड स्क्रिन समावेश गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०२:४५ मंगलबार

फोर्ड रेन्जर र्‍याप्टर