अर्थ

निरन्तर घटेको शेयर बजार सोमबार दोहोरो अंकले बढ्यो

साताको पहिलो दिन आइतबार १०.५४ अंकले घटेको नेप्सेपरिसूचक सोमबार भने दोहोरो अंकले वृद्धि भएको छ। गत साता आइतबारबाहेक लगातार ओरालोतर्फ लागेको शेयरबजार सोमबार भने २१.२९ अंकले वृद्धि भएर १९०४.४५ विन्दुमा पुगेको छ। आइतबारको तुलनामा सोमबार शेयरबजार कारोबार रकम र नेप्सेपरिसूचक दुबै बढेको हो।

सोमबार १४८ कम्पनीको शेयर मूल्य बढेर ९४ करोड ६० लाख रूपैयाँको कारोबार भएको छ। आइतबार २० लाख २८ हजार ३ सय ५८ कित्ता शेयरको किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ रूपैयाँको कारोबार भएको थियो। सोमबार भने ३१ वटा कम्पनीको शेयर घटेको छ भने ५ वटा कम्पनीको शेयर स्थिर रहेको छ। सोमबार तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर सबैभन्दा धेरै बढेको छ। सो कम्पनीको शेयर ९.४८ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सबैभन्दा धेरै शेयर घट्ने कम्पनीमा लक्ष्मी इक्विटी फण्ड बनेको छ। सो कम्पनीको शेयर ६.५८ प्रतिशतले घटेको हो।  

सोमबार नेप्सेका तीनवटै प्रमुख सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सेन्सेटिभ सूचक ४.५१ अंकले बढेको छ भने फ्लोट परिसूचक १.३१ अंकले बढेको छ। यसैगरी सेन्सेटिभ फ्लोट १.४९ अंकले बढेको छ। सेयर बजारका १३ वटै उपसूचकमध्ये सबै उपसूचकहरू सोमबार बढेका छन्। उत्पादनतर्फको उपसूचक भने १५२.६९ अंकले वृद्धि भएको छ। त्यस्तै जीवनबीमातर्फ ११७.०१, विकास बैंक तर्फ ७३.१२ अंक र होटल्स एण्ड टुरिजमतर्फ ६०.२३ अंकले वृद्धि भएको छ। अघिल्लो साताको अन्तिम दिन बिहीबारमात्रै नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा पुगेको थियो। गत साताको आइतबारबाहेक चारै दिन नेप्सेपरिसूचक घटेको थियो। समग्रमा गत साताभरिमा सेयरबजार २८.४५ अंकले गिरावट आएको थियो ।

प्रकाशित: २९ कार्तिक २०७९ ०२:३३ मंगलबार

शेयर बजार