अर्थ

१२ औं वार्षिकोत्सव मनाउँदै 'फूडमान्डू'

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ।  

१२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ। वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहनेछ। 

सन् २०१० नोभेम्बर ११ मा सुरु भएको फूड डेलिभरी कम्पनी 'फूडमान्डू' अहिले नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनीले आफ्नो विभिन्न भर्टिकल्स सहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको बताएको छ।

'हामीले हाम्रो बाह्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेष्टुरेन्ट र अन्य सबै सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं,' फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।

प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका छौं। र त्यो सवालमा पछिल्लो बाह्र वर्ष साँच्चै अविस्मरणीय रह्यो। अब भविष्यमा के हुन्छ भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ,' उनले थपे।

फूडमान्डूले उक्त अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने योजना बनाएको छ। फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न माली भन्छन्, 'यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँ सम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं।'

फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२% छुटको कुपन कोड सार्वजनिक गरेको छ। उनका अनुसार १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र रू १२ मा पाइने विभिन्न खानाहरू र कम्तीमा ४०% बचत गर्न सकिने रु १२०० को कम्बो खाना रहेका छन्।

फूडमान्डूका अनुसार ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२% (बढीमा १२० सम्म) थप छुट पाउन सक्ने छन्।

फूड डेलिभरीमा अग्रणी नाम बनेको फूडमान्डूले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना ४००,००० भन्दा बढी ग्राहकहरूलाई ८०० भन्दा बढी लोकप्रिय रेस्टुरेन्टहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ।

फूडमान्डूमा हाल ३०० भन्दा बढी कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै आएका छन्।

प्रकाशित: २५ कार्तिक २०७९ १२:१८ शुक्रबार