अर्थ

कोका–कोलाको ‘ड्रिङ्क–विलिभ–विन’ क्याम्पेन

कोका–कोलाले फिफा वल्र्ड कप क्याम्पेन ‘ड्रिङ्क–विलिभ–विन’ सुरु गरेको छ। वल्र्डकप नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर सो क्याम्पेन ल्याएको हो।

क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वल्र्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता मर्कन्डाइज जित्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ। कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबलपछाडि भएको युनिक कोड ३४९४९ मा एसएमएस गरी पठाई सहभागी हुन सकिने कम्पनीले जनाएको छ।  

यस्तै पुरस्कार दाबी गर्नका लागि आफूसँग भएको लेबल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने तथा अफर २५० मिलि, ५०० मिलि, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने जनाइएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App