अर्थ

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।  

मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App