अर्थ

कुमारी बैंकको साधारणसभा सम्पन्न

कुमारी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष अमीरप्रताप राणाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सभाबाट २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आब २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण र आब २०७९/८० का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ।  

यस्तै बैंकका सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०३:१३ मंगलबार

कुमारी बैंक