अर्थ

एकैदिन १४ सय बढ्यो सुनको मूल्य, काराेबार कतिमा?

सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ। शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर एक हजार दुई सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७९ ०६:५५ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ