अर्थ

एनएमबी बैंक र युएसएड बीच साझेदारी

एनएमबी बैंकको लगानीलाई सहज बनाउन युएसएड ट्रेडसँग साझेदारी भएको छ।  

बैंकले ग्रिनफाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको हो।

सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना तथा मझौला व्यवसायहरूको लागि वित्तीय पहुँच बढाउने छ। यसका साथैे कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायसँगको ऐक्यबद्घता प्रवद्र्र्घन गर्नेछ। युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो। 

प्रकाशित: २० कार्तिक २०७९ ०३:०० आइतबार

एनएमबी बैंक