अर्थ

महालक्ष्मी बैंकको २, ३, ४ को जादु

महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरूको लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना ल्याएको छ।  

योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरू मध्ये चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बैंकले हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकलाई लक्ष्य गर्दै नोभेम्बर १ देखि डिसेम्बर ३१ सम्मका लागि यो योजना सञ्चालन गर्न लागेको हो।  

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्युनतम एक सय रूपैयाँ वा सो भन्दामाथि र कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ। 

प्रकाशित: १७ कार्तिक २०७९ ०३:०८ बिहीबार

महालक्ष्मी बैंक