अर्थ

शौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ।

कम्पनीका अनुसार कात्तिक १५ देखि पुस ३० गतेसम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताले हरेक ५० बोरा सिमेन्टको खरिदमा १ प्रति कुपन प्राप्त गर्ने छन्। उपभोक्ताले हात खाली नजाने ५०० रूपैयाँदेखि १० हजार रूपैयाँसम्मको कुपन स्क्रायाच गरी नगद प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी ५० बोराभन्दा बढीको खरिदमा एक भन्दा बढी कुपन प्राप्त गर्दा शून्य अङ्क उल्लिखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०२:५६ बिहीबार

शौर्य सिमेन्ट