अर्थ

पर्यटन प्रवद्र्घन गर्दै हिरो एक्सप्लस २००

नेपाल जनरल मार्केटिङले आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले हिरो एक्सप्लस २०० मोटर साईकलमा नयाँ योजना ल्याएको छ। यो कम्पनी नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता हो। यस योजनाअन्तर्गत हिरो एक्सप्लस २०० मोटर साईकल खरिद गरेका ग्राहकहरूलाई लोमाङथान भ्रमण गराउने भएका छन्।  

कम्पनीका अनुसार यही कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकलाई सहभागी गराउँदै यात्रा शुरु गरिनेछ। सो यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङथान हुँदै करिब ९०० किमिको हुने कम्पनीले जनाएको छ। टेकुमा रहेको हिरोको शोरुबाट मंगलबार यात्राको शुरू भएको छ। जनरल मार्केटिङको अध्यक्ष अभिक ज्योतिले यात्रामा समावेश सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउन अनुरोध गरेका छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०२:४९ बिहीबार

नेपाल जनरल मार्केटिङ