अर्थ

कात्तिक २५ देखि दराजको महाअफर

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ पुनः सुरु हुन लागेको छ। ११ लाख उत्पादनहरूमा ८०% सम्मको छुटसहित दराजले ११.११ को पाँचौं संस्करण यही २०७९ कात्तिक २५ (११ नोभेम्बर २०२२) गते सुरु गर्ने घोषणा गरेको हो। दशैं धमाका अभियानको सफलतापछि दराजले आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानतर्फ मोडेको छ। यसअभियान अन्तर्गतको पहिलो पहल भने ग्राहकलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरू सँग साझेदारी गरिएको कम्पनीको भनाइ छ। बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्वपूर्ण हिस्सा रहेको छ। कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन पनि दिएको छ।  

११.११ को लागि दराजले डेबिट÷क्रेडिट कार्ड प्रिपेमेन्टमार्फत २०% (अधिकतम रु. ३०००) छुट प्रदान गर्न नेपालका अग्रणी बैंकहरूसँग साझेदारी गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०२:२९ बिहीबार

दराजको महाअफर