अर्थ

सिप्रदीको टाटा प्रोटेक्टमा थपियो सेवा सुविधा

टाटा प्रोटेक्ट थप सेवा तथा सुविधाहरू सहित बजारमा आएको छ। थप सुविधासहितको टाटा प्रोटेक्ट टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले ल्याएको छ।

टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्युइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयर गरी आठ प्रकारका सेवा तथा सुविधाहरू समावेश रहेका कम्पनीले जनाएको छ।

कम्पनीले उक्त सेवा तथा सुविधाहरू सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूबाट उपलब्ध हुने जनाएको छ।

यसका साथै मास्टर केयर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवाले ग्राहकहरूको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा समेत कम्पनीले लिने तथा जेन्युइन पर्टस् अन्तर्गत सिप्रदी वर्कसपमा फेरिएका स्पेयर पार्टस्हरूमा ६ महिना वा ५०,००० कि. मिसम्मको वारेन्टी सुविधा रहेको जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७९ ०३:१३ बुधबार

सिप्रदीको टाटा प्रोटेक्टमा थपियो सेवा सुविधा टाटा जेन्युइन पर्टस्