अर्थ

आज नेप्से परिसूचक ५६.११ वृद्धि

मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। सोमबार १६ अंकले बढेको नेप्से परिसूचक मंगलबार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ। मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। नेप्सेका १३ उपसमूह सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८  प्रतिशतले बढेको छ। त्यस्तै,फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रो पावर ४.३७ प्रतिशतले बढेको छ।

विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। मंगलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: १५ कार्तिक २०७९ १०:१६ मंगलबार

नेप्से परिसूचक