अर्थ

बिओके क्यापिटल मार्केटको सातौं साधारण सभा

बिओके क्यापिटल मार्केटको सातौं साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौं वार्षिक साधारणसभाले आव २०७८/७९ को वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७८/७९ मा सञ्चित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको छ। साथै आगामी आव २०७९/८० को बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बैंकको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि सेवा प्रदान गर्दै आएको छ। कम्पनीले समीक्षा अवधिमा ६ वटा कम्पनीहरूको प्राथमिक शेयर तथा हकप्रद शेयर निस्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्नको लागि सम्झौता-पत्रमा हस्ताक्षर गरेको छ भने ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको कम्पनीले जनाएको छ।  

प्रकाशित: ६ कार्तिक २०७९ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App