एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योति संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्न ४ लाख ८० हजार रूपैयाँ सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य दोर्ण गुरागाईंलाई चेक हस्तान्तरण गरेका छन्।
प्रकाशित: ४ कार्तिक २०७९ ०३:२९ शुक्रबार