अर्थ

सुनचाँदीकाे मूल्य घट्यो

सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ। हिजोमात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो। साथै, आज चाँदीको मूल्य पनि घटेको छ। 

चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलमा कारोबार भएको थियो।

प्रकाशित: ३ कार्तिक २०७९ ०९:४७ बिहीबार

। नेपाल सुनचाँदी व्यवसायी महासंघ