अर्थ

बैंक अफ काठमाण्डुको चाडबाड लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डुले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई नगद फिर्ता योजना ल्याएको छ। योजनाअन्तर्गत मोबाईल बैंकिङबाट क्युआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना रहेको छ।

योजना यही कात्तिक १ बाट कात्तिक ६ गतेसम्म रहने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत बैंकको मोबाईल बैंकिङ मार्फत प्रथम पटक क्युआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरूले मात्र नगद फिर्ता पाउने तथा योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रूपैयाँसम्मको नगद फिर्ता पाउने कम्पनीले जनाएको छ।

बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ। 

प्रकाशित: १ कार्तिक २०७९ ०४:०१ मंगलबार

बैंक अफ काठमाण्डु