अर्थ

मुक्तिनाथ कृषि कम्पनीको चौथो साधारसभा सम्पन्न

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गरेको छ।

त्यस्तै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणबारे छलफल गरी पारित गर्नुका साथै आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक समेत निर्धारण गरेको छ।

यस्तै विशेष प्रस्तावहरू मार्फत ५५.५५ प्रतिशत हकप्रद शेयर निष्कासन, कम्पानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको जनाएको छ। साथै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली उपर संशोधन प्रस्ताव समेत पारित गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीले आगामी वर्षहरूमा आफ्ना शेयर धनीहरूलाई प्रतिफल दिने गरी अगाडि बढिरहेको बताए। 

प्रकाशित: ३१ आश्विन २०७९ ०४:०८ सोमबार

मुक्तिनाथ कृषि कम्पनी चौथो साधारसभा सम्पन्न