अर्थ

नेपाल इन्फ्राको अनुमति पत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको आरोप लगाउँदै नेपाल इन्फ्रा एण्ड कम्युनिकेसनको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले नियमानुसार निवेदन पेस नगरेको भन्दै इन्फ्राको अनुमतिपत्र खारेज गरेको सूचना जारी गरेको छ। प्राधिकरण अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम नवीकरणका लागि निवेदन नदिए अनुमति-पत्र स्वतः खारेज हुने व्यवस्था छ।

यस्तै नेटवर्क सेवा प्रदायक सञ्चालन गरे बापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिए पनि उक्त रकम तिर्न प्राधिकरणले निर्देशन दिएको छ। ‘बुझाउन वा तिर्न बाँकी कुनै दस्तुर नतिरेमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: २८ आश्विन २०७९ ०४:०१ शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरण नेपाल इन्फ्राको अनुमति पत्र खारेज