अर्थ

हुण्डाइको टेष्ट ड्राइभ विजेता घोषणा

लक्ष्मी इन्टरकन्टिनेन्टले विश्वकप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ। लक्की ड्रमार्फत भएको छनौटमा शेरबहादुर जि.सी. र हस्त माया गुरूङ विजेता भएका हुन्।

विजेताहरूले आफ्नो रोजाइको एकएक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउने छन्। जसको सम्पूर्ण खर्चहरू हुण्डाई नेपालले व्यहोर्ने छ।

यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरि रहेका हुण्डाईको १७ वटा सोरूमहरूबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफूलाई रजिष्टर गर्नुपर्ने थियो। 

प्रकाशित: २७ आश्विन २०७९ ०३:५१ बिहीबार

हुण्डाइको टेष्ट ड्राइभ विजेता घोषणा ‘गोल अफ द सेन्चुरी’