अर्थ

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै आज सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २६ आश्विन २०७९ ०६:२६ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ