अर्थ

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

फाइल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य घटे्को छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १२ सय रुपैयाँले घटेको हो।

मुल्य घटेसँगै आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार तोलाको ९५ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो।  

यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको एक हजार २३० मा कारोबार भएको थियो। 

प्रकाशित: २५ आश्विन २०७९ ०६:२५ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ