अर्थ

साताभरमा २५ अंकले बढ्यो नेप्से

अघिल्लो साता २७ अंकले गिरावट आएको सेयर बजार गत साता भने बढेको छ। गत साताभरको कारोबारबाट बजार १५ अंकले बढेको हो। त्यसअघिका २ सातामा क्रमशः २६ र ७५ अंकले सेयर बजार घटेको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार गत आइतबार बजार खुल्दा नेप्से परिसूचक १८३८ बिन्दुमा रहेको थियो। बिहीबार परिसूचक १८५३  बिन्दुमा आएको हो। यो १५ अंकको बढोत्तरी हो।

एक्सचेन्जका अनुसार दसैं बिदा सुरु हुनुभन्दा दुई दिनअघि बिहीबार सेयर बजार बढेको छ। आइतबारदेखि यो वर्षको दसैं बिदा सुरु हुनेछ अब ९ दिन पछि मात्र बजार खुल्नेछ। एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १६ अंकले बढेको छ। योसँगै परिसूचक १८५३.७६ बिन्दुमा आएको छ।

एक्सचेन्जका अनुसार बिहीबार १९३७ बिन्दुबाट बजार सुरु भएकामा तत्कालै बढेको थियो। कारोबार सुरु भएको पौने घण्टामा परिसूचक १८५२ बिन्दुमा पुगेको थियो। त्यसपछि कारोबार फेरि घटेर परिसूचक १८४१ बिन्दुमा आएकोे थियो। अन्तिम समयमा फेरि कारोबारमा सुधार आएर परिसूचक १८५३ बिन्दुमा पुगेको हो।

एक्सचेन्जका अनुसार बिहीबारको कारोबारमा नेप्सेसहित अन्य तीनै सूचक सबैको कारोबार बढेको छ। सेन्सेटिभ उपसूचक ३.८३ अंकले बढेको हो भने  फ्लोटमा १.४१ अंकले बढेको छ। यस्तै सेन्सेटिभ फ्लोटको कारोबार पनि १.५२ अंकले घटेको छ। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले फ्लोट सूचक बढेको छ। यो १.३१ प्रतिशतले बढेको हो।

यस्तै सेयर कारोबारका अन्य १३ उपसूचक मध्ये १२ को कारोबार बढेको छ भने १ उपसूचकको कारोबार बढेको छ। कारोबारमा गिरावट आउने उपसूचकमा जीवन विमा परेको हो। यो ०.०६ प्रतिशतले घटेको हो। कारोबारमा सुधार आउने उपसूचकहरूमध्ये सबै भन्दा धेरै प्रतिशतले लघुवित्त परेको छ। यो १.६५ प्रतिशतले बढेको हो। यस्तै एक प्रतिशतले भन्दा धेरैले बढने उपसूचक ५ वटा परेका छन्।

एक्सचेन्जका अनुसार शुक्रबारको कारोबारमा सबैभन्दा धेरैले प्रतिसेयर मूल्य बढ्नेमा अभियान लघुवित्त परेको छ। यो  कम्पनीको प्रतिसेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो। यसपछिको धेरैले सेयर बढ्नेमा गुराँस लघुवित्त परेको छ। यो ५.७६ प्रतिशतले बढेको हो।

यस्तै कारोबारबाट प्रतिसेयर मूल्य सबैभन्दा धेरैले गिरावट आउने कम्पनीमा सामलिङ पावर कम्पनी रहेको छ। यसको प्रतिसेयर मूल्य ७.९४ प्रतिशतले घटेको हो। यसपछि धेरैले सेयर मूल्य घट्नेमा हिमालयन पावर परेको छ। यसको सेयर मूल्य ३.६९ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार कारोबार रकमका आधारमा हेर्दा सबैभन्दा धेरै रकमको कारोबार नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको भएको छ। यसको ४ करोड ४८ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यसपछि धेरै कारोबार हुनेमा नविल बैंक परेको छ। यसको २ करोड ९० लाख रूपैयाँको सेयर कारोबार भएको हो।

एक्सचेन्जका अनुसार शुक्रबार २२३ कम्पनीका सेयर खरिद बिक्री भएका छन्। यी कम्पनीका १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद बिक्री गर्दा ६३ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २६ खर्ब ६४ अर्ब रूपैयाँमा झरेको छ।

प्रकाशित: १६ आश्विन २०७९ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App