अर्थ

आइएमई दशैँ अफरः चौथो हप्ताको नतिजा घोषणा

आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ।

विहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन्। विजेताद्वयले जनही रू २५ हजार प्राप्त गरेका छन् ।  

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि।क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन्।  उनीहरुले प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ।  

'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थीममा आधारित रही यस पटकको स्किम संचालनमा छ।

प्रकाशित: १३ आश्विन २०७९ १२:५० बिहीबार

आइएमई