अर्थ

प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

महासंघको अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ। बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०९:२५ बिहीबार

सुनको मूल्य