अर्थ

सुनको मूल्य तोलामा १२ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार ९हिजो० छापावाल सुन तोलाको ९१ हजार ६०० मा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: १३ आश्विन २०७९ ०६:४८ बिहीबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ