अर्थ

ओम अध्याय रिट्रिट रिर्सोट सम्मानित

 ४३ औं विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरका श्री ओम अध्याय रिट्रिट रिर्सोट सम्मानित भएको छ।  

ग्रामीण क्षेत्रमा ३ तारे रिसोर्ट निर्माण तथा सञ्चालन मार्फत स्थानीय उत्पादन र रोजगारीलाई प्राथमिकता दिई विगत ६ वर्षदेखि ग्रामीण पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आइरहेकाले नेपाल सरकार सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ओम अध्याय रिट्रिट रिर्सोटलाई सम्मानित गरेको हो।  

पर्यटन बोर्डमा आयोजित कार्यक्रममा नेपाल सरकार सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव सुरेश अधिकारीले रिर्सोटलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरेका हुन्।  

रिसोर्ट सञ्चालक ठकुरीले आज टिस्टुङ् पालुङ् र समग्र थाहा नगरकै नाम पर्यटकीय स्थानको रूपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्न सफल भएको बताउँदै उनले अबका दिनमा नवीन सोच र विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजानुपर्नेमा सबैको जोड हुनपर्ने विचार व्यक्त गरे।

मानिसले असाध्यै ठूलो काम गरेर भन्दा पनि आफ्नै गाउँठाउँमा विविध जटिलता र जोखिमका बाबजुद स्थानीय उत्पादन र स्थानीय रोजगारीसहितको ग्रामीण पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको हुनाले राज्यले सम्मान गरेको उनले बताए। गाँउको एक कुनामा गरेको कामलाई राज्यले दिएको सम्मानले अत्यन्तैै खुसी र गौरवान्वित भएको रिसोर्ट सञ्चालक अर्जुन सिंह ठकुरी बताउँछन्।  

प्रकाशित: १३ आश्विन २०७९ ०१:२१ बिहीबार

४३ औं विश्व पर्यटन दिवस ओम अध्याय रिट्रिट रिर्सोट ओम अध्याय रिट्रिट रिर्सोट