अर्थ

गल्फ लुब्रिकेन्ट्सकाे दशैँ क्याम्पः कार र मोटरसाइकलको फ्रि चेकअप

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैँमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ। सो क्याम्प असोज १३ देखि १५ सम्म चल्नेछ।  

कम्पनीका अनुसार दशैँको अवसरमा धेरैजना सडकमाध्यमबाट निजी सवारी साधनमा घर फर्कने गरेकाले सो यात्रा आरामदायी बनाउन महत्त्वपूर्ण ठाउँहरू पहिचान गरि क्याम्प आयोजना गर्न लागिएको हो। 

मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ। सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिनेछ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड भएकाे र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मको उत्पादन उपलब्ध गराउँने कम्पनी बताएकाे छ।

प्रकाशित: १२ आश्विन २०७९ १२:०१ बुधबार

नेपालमा गल्फ लुब्रिकेन्ट