अर्थ

'बोर्न विथ प्राइड' सम्मेलन सुरू

फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम (एफएनएफ) को दक्षिण एसिया क्षेत्रीय कार्यालयले काठमाडौंस्थित जर्मनीको दूतावास, समृद्धि फाउन्डेसन र जर्मननेपाल मैत्री संघसँगको सहकार्यमा २ दिने बोर्न विथप्राइड सम्मेलन २७-२८ सेप्टेम्बर २०२२ सम्म होटल हिमालय, ललितपुरमा आयोजना गरिरहेको छ।

यस सम्मेलनमा लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स र एसेक्सुअल समुदाय, राजनीतिज्ञ, शिक्षाविद्, वकिल, र नागरिक समाजका धेरै सरोकारवालाहरू संलग्न छन्। सात दक्षिण एसियाली देशहरूका साथै युरोप र तिब्बती समुदायका २१ वक्ताहरू र १०० भन्दा बढी सहभागीहरू कार्यक्रममा सहभागी भएका छन्।

सहभागीहरूको उच्च संख्याले मुद्दाको महत्त्व र समुदायमा यसमुद्दाको बारे थप जान्नको लागि ठूलो इच्छारहेको देखाउँछ। सम्मेलनले नेपाली र युरोपेलीगरि ७ मुख्य रजिनितिक तथा सामाजिक वक्ताहरू (कि-नोट वक्ताहरूलाई) पनि स्वागत गरिएकाे छ।

सम्मेलनमा क्वियर इन पावर, क्वियर व्यक्तिका लागि समावेशी डिजिटल स्पेस, कानुनी मान्यताको मुद्दा, मिडियाको भूमिका र नागरिक समाजमा स्वीकृति तथा समावेशीकरण जस्ता विषयमा ५ अन्तरक्रियात्मक सत्रहरू छन्। सम्मेलनमा बोल्दै एफएनएफ क्षेत्रीय कार्यालय दक्षिण एशियाका प्रमुख डा.कार्स्टन क्लेनले भने, 'यस्ता अवसरहरुले असमानता र भेदभावहरू समाधान गर्न स्वस्थ संवाद, नेटवर्क र एकसाथ आउनको लागि अवसर प्रदान गर्दछु।'

पूर्व सहरी विकासमन्त्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै समतामूलक अधिकारको प्रवर्द्धन र संरक्षणको साझा लक्ष्य हासिल गर्न राजनीतिक र नागरिक समाजको अभिमुखीकरण आवश्यक रहेको बताइन्।

झाँक्रीले भनिन्, 'हाम्रोपार्टीले आगामी संघीय र प्रादेशिक निर्वाचनमा यस समुदायबाट दुई जना समावेशी उम्मेदवार मनोनयन गरेको छ र उनीहरुलाई आगामी प्रतिनिधिसभामा ल्याउन हामी कटिबद्ध छौं।' अस्ट्रियाका संसद सदस्य यानिक शेट्टीले भेदभावको निन्दा गर्ने मूल्यमा आधारित विदेश नीतिको आवश्यकतालाई जोड दिए।

सम्मेलन अघि अनलाइनमा आयोजना गरिएको बोर्न विथप्राइड दृश्य (कला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरणसँगै २ दिने कार्यक्रमको समापन सेप्टेम्बर २८ मा हुनेछ।

प्रकाशित: ११ आश्विन २०७९ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App