अर्थ

ग्लोबल आइएमई बैंकको ‘२ वर्षमै २ गुणा’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि’ मुद्दती योजना ल्याएकोे छ।

योजना अन्तर्गत ग्राहकले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर हुनेछ। मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्ने तथा २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्ने बैंकले जनाएको छ।

योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रहेको तथा ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बताएको छ। 

प्रकाशित: ११ आश्विन २०७९ ०१:४३ मंगलबार

ग्लोबल आइएमई बैंकको ‘२ वर्षमै २ गुणा’ मुद्दती योजना