अर्थ

टाटा मोटर्सको दसैं अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत दसैंको अवसरमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।  

योजनाअन्तर्गत टाटाका गाडीहरू खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ। यस्तै जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्याङ्कन प्राप्त गर्न सक्ने तथा आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरू रहेका छन्। स्टक सीमित मात्रामा भएकाले यस बडा पर्वको बडाअफर अन्तर्गत गाडी खरिद गर्नुहुने ग्राहकहरूलाई दसैं अगावै डेलिभरी दिइने कम्पनीले बताएको छ। 

प्रकाशित: १० आश्विन २०७९ ०२:५० सोमबार

टाटा मोटर्सको दसैं अफर