अर्थ

सिद्धार्थ बैंकको ‘दसैंको बहार, क्यास ब्याक उपहार’

 सिद्घार्थ बैंकले दसैंको अवसर पारी ग्राहकलाई लक्षित गर्दै ‘दसैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ।  

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले यही आसोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो।  

योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ देखि १४ गतेसम्म बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतफ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरूमा पनि यस्ता योजनाहरू निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ।

प्रकाशित: १० आश्विन २०७९ ०२:४७ सोमबार

सिद्धार्थ बैंकको ‘दसैंको बहार क्यास ब्याक उपहार’