अर्थ

न्युड सुपेरियर भोड्का सार्वजनिक

लोकप्रिय मदिरा कम्पनी दि नेपाल डिस्टीलरिजले ‘न्युड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ।काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ‘न्युड सुपेरियर भोड्का’ सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार यो भोड्का सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो। राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ। यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन। यस्तै ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ। यो भोड्काको डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत उपभोक्ताको चाहना र मागलाई पूर्ण रूपमा ध्यान दिइएको कम्पनीले जनाएको छ।  

डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेका अनुसार नेपाली युवाहरूको चाहनालाई हेरेर यो भोड्का’ ल्याइएको छ। अतिरिक्त स्मुथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी यो भोड्का तयार पारिने उनले जानकारी दिए।

कम्पनीका अनुसार शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले यो भोड्का डिजाइन गरेका हुन्। यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलन अनुभव नहुने दाबी कम्पनीको छ।  

भोड्कालाई चिसो बनाइ पिउने विश्वव्यापी प्रचलन अनुसार ‘न्युड सुपेरियरलाई पनि यसैगरी पिउन कम्पनीले सुझाएको छ। यसका अतिरिक्त बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरूमा पनि प्रयोग गर्न सकिन्छ।  

कम्पनीका अनुसार यो भोड्कालाई विशेष र विश्वस्तरीय रूपमा विकास गर्ने काम सन् २०१९ बाटै भएको थियो। यो भोड्काको विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरूमा व्यापक परीक्षण र प्रतिक्रियाका शृङ्खलाहरू सञ्चालन गरिएका थिए। यो क्रममा सहभागीहरूले ‘न्यूड’को स्वादलाई औधी रुचाएको कम्पनीको दाबी छ।  

कम्पनीले स्वाद र गुणस्तरजस्तै यसको प्याकेजिङ पनि विशेष रहेको उल्लेख गरेको छ। यो भोड्कालाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ। यस्तै बोतलमा प्रयोग गरिएको क्याप पुनः रिफिल गर्न सकिन्न।

प्रकाशित: १० आश्विन २०७९ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App