अर्थ

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ।

आकर्षक प्याकेजिङ गरिएको पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा खैरो रङका सुगन्धित काँटीहरू राखिएका छन्।

अगरबत्तीको प्रतिप्याक बिक्री मूल्य १०० रूपैयाँ कायम गरिएको छ। अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यको निमित्त उपयुक्त हुने दाबी कम्पनीले गरेको छ।

कम्पनीले प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास राखेको छ। मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, र त्रेया लगायतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०४:२२ शुक्रबार

पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा