अर्थ

एनएमबी बैंक र सिप्रदीबीच सहकार्य

एनएमबी बैंकले विद्युतीय गाडीहरूमा न्यूनतम व्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ। सहकार्य अन्तर्गत ८० प्रतिशत फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जनाएकोे छ।

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले समझदारी गरेकोे बताउँदै न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरू समावेश गरेको जनाएको छ।  

बैंकले यस कर्जा योजना व्यवसायसँगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास भएको जनाउँदै योजनाले नेपालकै विद्युत्लाई सदुपयोग हुने लक्ष्य लिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०२:१४ बिहीबार

एनएमबी बैंक र सिप्रदीबीच सहकार्य