अर्थ

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभी नाडा अटोशोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर बजारमा ल्याएको हो। ट्रियो झोर एक नयाँ इलेक्ट्रिक थ्री–ह्वीलर पिकअप हो। जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई प्रभावकारी हुने कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको जनाएको छ ।  

यसका साथै कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना सवारी साधनहरूमा स्क्य्राच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरू र एक लाख रूपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०१:२८ बिहीबार

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक