अर्थ

साओमीको मोबाइलमा विशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरूमा विशेष छुट हुने भएको छ। साओमीले आफ्नो मोबाइल सेटहरूमा सीमित अवधिको लागि मूल्य घटाएको हो।  

नेपालीहरूको महान चाड दसैं, तिहार तथा छठको अवसर पारेर आफ्नो उपभोक्ताहरूको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ। साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पण्डाले नेपालीहरूको महान चाड दशैंको उपलक्ष्यमा उपभोक्ताहरूको लागि साविक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउने जनाउँदै यस योजनाले चाडपर्वको माहोललाई थप रोमान्चक बनाउने छ भन्ने आशा लिएका बताए।  

अफर अन्तर्गत उपभोक्ताहरूले रेडमी नोट ११ सिरिजमा १ हजार रूपैयाँ र रेडमी नोट १२ सिरिजमा ३ हजारसम्म कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर यही असोज २ गते देखि १७ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: ४ आश्विन २०७९ ०२:३५ मंगलबार

साओमीको मोबाइलमा विशेष छुट