अर्थ

चौरासिया विट्सा ‘बोर्ड अफ डाइरक्टर्स’ मा

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्।

उनी सन् २०२२ –२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका हुन्। गत हप्ता बसेको विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन्। यसअघि उनी सन् २०१८ – २० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थिए। उनले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रूपमा नेतृत्व गरेका थिए।

 विट्सामा उनको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधि-देश विकासको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास क्यान महासंघको रहेको छ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरू रहेको विट्सा विश्वको सूचना प्रविधि सम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ।

प्रकाशित: ३ आश्विन २०७९ ०३:३० सोमबार

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया