अर्थ

एनसेलको ‘अनलिमिटेड र अल नेटवर्क प्याक’ योजना

 एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई अफर सञ्चालनमा ल्याएको छ ।अफर अन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।  

यी प्याकहरू गत आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहने कम्पनीले जनाएको  छ। ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रूपैयाँमा खरिद गर्न सक्ने तथा प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउने भएका छन्। 

कम्पनीका अनुसार एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन सकिनेछ।  

यसबापत ग्राहकले ९५ रूपैयाँमा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्नेछन्। यस प्याकमा पाइने अल नेट टक टाइम रएसएमएसको समयावधि ३ दिनको हुनेछ। संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले  

ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास  रहेको एनसेलले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७९ ०३:२१ सोमबार

एनसेलको ‘अनलिमिटेड र अल नेटवर्क प्याक’ योजना