अर्थ

पेप्सीको नयाँ ‘मोर फिँज’ नेपाली बजारमा

बहुराष्ट्रिय कम्पनी पेप्सीले उपभोक्ताहरुको तिर्खा मेटाउने उद्देश्यसहित ‘मोर फिँज’ पेप्सी बजारमा ल्याएको छ।

यो नयाँ ‘मोर फिँज’ पेस्पीको अनावरण शुक्रबार एक कार्यक्रमकाबीच पेप्सी सदभावना दूत तथा नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियाे। नेपालमा आगामी दिनमा हुने ‘मोर फिँज, मोर स्वाग’ अभियानले सम्पूर्ण नयाँ पेप्सीका लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने कम्पनीले जनाएको छ।  कम्पनीका अनुसार नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउने छ। यसअघि नपाइएको स्फूर्ति नयाँ परिमार्जित पेप्सीमा पाइने कम्पनीले दाबी गरेको छ।

उक्त अनावरण कार्यक्रममा पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैं नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताहरूको लागि यसभन्दा अघि कहिल्यै नभएको फिँजयुक्त स्वाद प्रदान गर्नेछ। बजार अध्ययनले देखाए अनुसार उपभोक्ताहरूले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ।’

उनले हाल गरिएको नयाँ परिमार्जनसहितको स्वादले त्यसलाई परिपूर्ति गर्ने दाबी गरे। उनले भने, ‘हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई मोर फिँजका साथ अनावरण गरेका छौं र हामीलाई विश्वास छ हाम्रा उपभोक्ताहरूले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ।’यस्तै नायक तथा पेप्सीको सदभावना दूत प्रदीप खड्काले मोर फिँजका साथ नेपालभरका दर्शकमाझ नयाँ स्वाद पक्सन पाउनुले आनन्दित तुल्याएको बताए।

उनले भने, ‘यसको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरूसमक्ष अझ बढी फिँजका साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको स्वागलाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ। म यो सुरुआतको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु।’

प्रकाशित: २ आश्विन २०७९ ०८:३० आइतबार

पेप्सी