अर्थ

‘नबिल जेन अल्फा’ योजना सार्वजनिक

‘नबिल जेन अल्फा’ का ब्राण्ड एम्बासडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानालगायतको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको हो।  

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने जनाउँदै मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्न यो एपले मदत गर्ने बताए।  

कार्यक्रममा सीईओ ढुङ्गानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता पनि सुरू गरिएको बताए। १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता भएको बैंकको दाबी छ ।

यस योजना मार्फत् बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७९ ०२:५१ बिहीबार

नबिल बैंक